मैत्रीपुर्ण खेलमा विश्वबिजेता जर्मनी अष्ट्रियासँग स्तब्ध, ईङल्याण्ड बिजयी
पोर्चुगल र बेल्जियम गोलरहित बराबरीमा
प्रकाशित २०७५ जेठ २० आइतबार
579
Shares
एजेन्सी। विश्वकप फुबलको तयारीका क्रममा विश्वभरी मैत्रीपुर्ण खेलहरु भैरहेका छन्। सन् २०१४को विश्वकप बिजेता जर्मनी अष्ट्रीयासँग पराजित भएको छ।
अष्ट्रीयाले जर्मनीलाई २-१ गोलले पराजित गरेको छ। विश्वबिजेता जर्मनीकालागि ११औं मिनेटमा मेसुट ओजीलले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १-०को अग्रता लिएको जर्मनीलाई दोस्रो हाफमा अष्ट्रीयाले स्तब्ध पारेको थियो।
५३औं मिनेटमा अष्ट्रीयाका मार्टिन हिन्ट्रेगरले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए भने ६९औं मिनेटमा एलेसान्द्रो स्कोएफले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए।
त्यसैगरि ईङल्याण्डले नाईजेरिया बिरुद्धको मैत्रीपुर्ण खेलमा बिजयी शुरुवात गरेको छ। ईङल्याण्डले नाईजेरियालाई २-१ गोलले पराजित गरेको हो।
ईङल्याण्डकालागि ग्यारी काहिलले ७औं मिनेटमा गोल गर्दै ईंङल्याण्डलाई अग्रता दिलाएका थिए। त्यसैगरि ३९औं मिनेटमा ह्यारी केनले गोल गर्दै २-० बनाएका थिए।
नाईजेरियकालागि ५२औं मिनेटमा एलेक्स ईओबीले गोल गरेका थिए।
त्यसैगरि अरु मैत्रीपुर्ण खेलहरुमा स्वेडेन र डेनमार्कको खेल गोल रहित बराबरीमा सकिएको थियो भने बेल्जियम र पोर्चुगलले पनि गोलरहित बराबरी खेलेका थिए।
नर्वेले आईसल्याण्डलाई ३-२ गोलले पराजित गरेको थियो भने आयरल्याण्डले अमेरिकालाइ २-१ गोलले पराजित गरेको थियो।