arrow

विश्वकपको मुखैमा डिफेन्डिङ च्याम्पियन जर्मनी स्तव्ध

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
germany2.jpg

काठमाडौं । रुस विश्वकप सुरु हुन ११ दिनमात्र बाँकी रहँदा अहिले धमाधम मैत्रिपूर्ण खेलहरु भइरहेका छन् । मैत्रिपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी स्तव्ध भएको छ । जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको हो । 

अष्ट्रियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएर पनि जर्मनीले हारको सामना गर्नुपर्यो । ११ औँ मिनेटमै मेसुट ओजिलको गोलबाट जर्मनीले अग्रता लियो ।

पहिलो हाफसम्म अग्रता लिइरहेको जर्मनीले दोस्रो हाफमा भने २ गोल खायो । अष्ट्रियाका लागि ५३ औँ मिनेटमा मार्टिन हिन्टरेगरले बराबरी गोल फर्काए । ६९ औँ मिनेटमा एलेसान्ड्रो शफले गोल गर्दै अस्ट्रियालाई २–१ को जित दिलाए । 

भारी वर्षाले खेल ढिलागरी सुरु भएको थियो । 

विश्वकपमा जर्मनी समूह एफ मा छ । यो समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । जर्मनीले जुन १५ मा मेक्सिकोसँग खेलेर विश्वकप यात्राको सुरुवात गर्नेछ ।

शनिबार रातिको खेलमा मेक्सिकोले मैत्रिपूर्ण खेलमा स्कटल्याण्डलाई १–० ले हरायो । त्यस्तैगरी स्वीडेनले डेनमार्कसंग गोलरहित बराबरी खेल्यो । 

Austria keeper Joerg Siebenhandl cleared ball straight to Ozil, who finished for the opener

Martin Hinteregger equalised for Austria with a brilliant left footed volley from a tight angle

Alessandro Schopf turned in from close range to complete a famous Austrian turnaround

Kick-off was delayed by an hour and three quarters due to heavy rain and hail in Austria

The Woertherseestadion in Klagenfurt was deluged, forcing kick-off to be put back

Fans were forced to take shelter as it looked at one stage as if the game would be called off

Water sprays off the surface, however the pitch was eventually made playable

Manuel Neuer made his first appearance since September after suffering a broken foot

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ