दमकमा सुकुम्वासीको घर भत्काएको ठाउँमा आइतवार राती बम बिस्फोट, दुई घाइते
नगेन्द्र न्यौपाने।
प्रकाशित २०७५ जेठ ६ आइतबार
919
Shares
झापा। झापा दमक स्थित वार्ड नं ७ मा आइतवार बेलुका बम बिस्पोट भएको छ ।
स्थानीय वार्ड न ७ का वार्ड अध्यक्ष भिम पौडेलको घर अगाडी भएको बिस्फोटमा दूई जना घाइते भएका छन्।
केहि दिनबाट दमक–७ स्थित बजार क्षेत्रमा रहेका नगरपालिकाको ११ कठ्ठा जमीनमा निर्माण गरिएका संरचनाहरु बल प्रयोग गरि हटाउन शुरु गरेपछि त्यहाँ तनाव बढ्दै गएको छ।
बम किन बिस्फोट गराइयो भन्ने बारेमा केहि जानकारी नभएपनि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ।
शनिवार सो क्षेत्रमा केहि सुकुम्वासीहरुलाई हटाउन नगरपालिकाले प्रहरी लगाएर जवर्जस्ती घर टहरा भत्काएको थियो।