arrow

कमलराज रेग्मी वर्ष पुरस्कारबाट साहित्यकार जिसी सम्मानित

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ ५ शनिबार
kamal-raj.jpg

पाल्पा । पाल्पाली साहित्यकार, समाजसेवी एवं राजनितिज्ञ झपेन्द्र जिसी कमलराज रेग्मी वर्ष पुरस्कार २०७४ बाट  सम्मानित भएका छन् । साहित्य तथा स्वास्थय प्रतिष्ठान पाल्पाले   शनिबार तानसेनमा एक कार्यक्रमका विच जिसीलाई सम्मान गरेको हो । कमलराज रेग्मीको स्मृतिमा पुत्र डा. प्रकाशराज रेग्मीले स्थापना गरेको कमलराज वर्ष पुरस्कारबाट जिसीलाई सम्मान गरिएको हो ।

 जिसीले नेपाली साहित्य, समाजिक , राजनितिक, शैक्षिक लगायतका क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै नगद रु २५ हजार,  दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको हो । प्रतिष्ठानले हरेक वर्ष जिल्लाका सहित्यकारहरुलाई विभिन्न अक्षय कोष स्थापना गरि सम्मान गर्दै आएको छ । यस वर्ष पनि प्रतिष्ठानले व्यक्तित्व पहिचान गरी पाल्पा मदन पोखराका जिसीलाई  कमलराज रेग्मी पुरस्काले सम्मान गरेको छ । प्रतिष्ठानले व्याक्ति पहिचान गराउने विनोद भारतीलाई पनि नगद, दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको छ ।

सम्मानति व्यक्तित्व जिसीको व्यक्तित्व पहिचान गरि सिफारी गरेकोमा भारतीलाई प्रतिष्ठानले सम्मान गरेको हो । त्यस्तै गरि साहित्य तथा स्वास्थ्य प्रतिष्ठानले विमला कमल चार वर्षे शैक्षिक छात्रवृत्ती पनि वितरण गरेको छ । जिल्लाका दश  सामुदायिक विद्यालयका गरिव तथा जेहन्दार दश जना विद्यार्थीहरुलाई नगद  तीन हजारका दरले छात्रवृत्ती वितरण गरेको हो । प्रतिष्ठानले सेन माविकी सुस्मिता थापा, पद्मा पव्लिक माविका ईश्वरी घर्ती मगर, जनता माविका भुवन नेपाली, महेन्द्र बोधी तानसेनका महेश कामु मगर, मोनकन्या माविकी सरिता, कालिका मावि रिब्दीकोटका लिला गाहाँ मगर, राममावि मलेङ्ग  पाल्पाकी पुनम न्यौपाने, सारधा माविकी चन्द्रकली गाहाँ, जनकल्याण माविका टुक बहादुर कार्की र  उद्बुद्ध माविका रवि न्यौपानेलाई सम्मान गरेको हो । प्रतिष्ठानले सम्मानित विद्यार्थीहरुलाई ९ कक्षा देखि १२ कक्षा सम्म निशुल्क रुपमा पढाउने व्यवस्था गरेको जनाएको छ ।

 अभिनन्दन समारोह कार्यक्रमका विशिष्ट अतिथि तथा प्रतिष्ठानका  सस्थापक संरक्षक डा. प्रकाशराज रेगमीले साहित्य क्षेत्रको विकास गर्न साहित्यकारहरुको सम्मान हुनु पर्ने बताएका छन् । उनले साहित्यकारहरुको प्रोत्साहनका लागि स्वर्गीय पिताको नामामा अक्षयकोष स्थापना गरेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बुद्धिप्रसाद शर्माले कमलराज रेग्मीको जीवनीका विषयमा जानकारी गराउदै रेग्मी बहुआयमिक व्यक्तित्व भएको बताए । व्यक्तित्व पहिचान समितिका सदस्य तथा प्रतिष्ठानका आजिवन सदस्य भोजराज भट्टराईले विभिन्न दश कराइटयरियालाई आधार मानेर एक जनालाई छनौट गरिएको बताए ।

 कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, नगर प्रमुख अशोक कुमार शाही, वरिष्ठ पत्रकार मेघराज शर्मा लगायतले प्रतिष्ठानले गरेको काम प्रसंसा गर्दै  आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्न आग्रह गरे । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष पुस्करराज रेग्मीको सभापतित्व, प्रतिष्ठानका सचिव छविलाल भुसालको स्वागत र सञ्चालन प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेले गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ