जर्मनीले गर्यो विश्वकपको प्रारम्भिक टोलीको घोषणा, को को परे ?
प्रकाशित २०७५ जेठ २ बुधबार
461
Shares
काठमाडौं । विश्वकप २०१४ को विजेता टोली जर्मनीले पनि रुस विश्वकपको लागि प्रारम्भिक टोलीको छनोट गरेको छ । जर्मनीले २७ सदस्यीय टोलीको घोषणा गरेको हो ।
अहिले घोषणा गरिएको टोलीमा गोलकिपर म्यानुअन नोयर अटाएका छन् । गएको सेप्टेम्बर महिनायता उनको खासै चर्चा नभएको भए पनि टोलीमा उनलाई समावेश गरिएको हो ।
विश्वकपमा समूह 'एफ'मा रहेको जर्मनले मेक्सिको, स्वेडेन र दक्षिण कोरियाको सामना गर्ने छ।
ब्राजिलमा भएको सन् २०१४को विश्वकपमा गोल गरेका मारियो गोट्जे भने टोलीबाट बाहिरिएका छन् । पछिल्लो १८ महिनायता उनको स्वास्थ्य राम्रो अवस्थामा नरहेको कारण उनले रसियाको विश्वकप गुमाउने भएका हुन् ।
जर्मनीको लागि यसपटक पनि जोचिम लो टोलीको प्रशिक्षकको रुपमा रहने छन् । उनले कतार विश्वकपसम्मका लागि जर्मनीको प्रशिक्षकको रुपमा रहने गरी जर्मनीको फुटबल संघसँग सम्झौता पनि गरेका छन् ।
प्रशिक्षक लोले सन् २००६ चारपटकको विश्वविजेता टोलीको प्रशिक्षकको रुपमा नेतृत्व गरिरहेका छन् । उनी सन् २००६ मा सहायक प्रशिक्षकको रुपमा आएका थिए । अन्तिम २३ खेलाडीहरुको नाम भने आगामी जुन ४ मा फिफाले जर्मनीले बुझाएको नामहरुको आधारमा सार्वजनिक गर्नेछ ।
को को छन् जर्मनीको प्रारम्भिक टोलीमा ? गोलकिपर: बर्न्ड लेनो, म्यानुअल नोएर, मार्क–एन्ड्रे टर स्टेगन र केभिन ट्र्याप