विश्वकप फुटबल: ब्राजिल र अर्जेन्टिनाको प्रारम्भिक टोली घोषित (नामावली)
प्रकाशित २०७५ जेठ १ मंगलबार
668
Shares
एजेन्सी। रसियामा हुने विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ। यो प्रारम्भीक मात्र भएको र अन्तिम नामावली जुन ४मा फिफाले गर्नेछ।
अहिले घोषणा भएको नामावलीमा केही हेरफेर पनि हुनसक्ने संभावना रहेको टोली ब्यवस्थापनले जनाएको छ।
ब्राजिल र अर्जेन्टिना दुवै बिश्वकप उपाधीकालागि दावेदार टोली मानिएका छन्। ब्राजिलमा नेयमार, जिसस, कोटिन्हो, फर्मिनो, मार्सेलो, पाउलिन्हो जस्ता खेलाडीहरुले सुसज्जित छ ।
युरोपमा बिभिन्न क्लबहरुबाट खेलिरहेका यी खेलाडीहरु उत्कृष्ट फर्ममा रहेका कारणले पनि ब्राजिलको दावेदारी बलियो देखीन्छ ।
अर्जेन्टिनाकालागि लियोनल मेस्सी, सर्जियो अग्वेरो, पाउलो डिबाला, डि-मारिया, मार्कोस रोजो, म्यानुएल लान्जिनी जस्ता खेलाडीहरुले गर्दा विश्वकपको उपाधि हात पार्ने संभावना धेरै देखिन्छ। विश्वका सबैभन्दा राम्रा खेलाडी मध्य एक लियोनल मेस्सीका कारण अर्जेन्टिनाको संभावना बढ्दै गरेको देखीन्छ ।
मेस्सी एक्लै कुनै पनि बिपक्षी टोलीलाई परास्त गर्न सक्ने खूबी राख्छन। उनलाई आफ्ना टोलीका खेलाडीहरुले सहयोग मात्र गर्न सके अर्जेन्टिनाको विश्वकप यात्रा सुखमय हुनसक्नेछ ।
यसैगरि ब्राजिलका नेयमार पनि यस्ता खेलाडी हुन जस्ले एक्लै बिपक्षीलाई परास्त गर्ने खूबी राख्दछ । उनलाई साथ दिन कोटिन्हो, जिसस, फर्मिनो जस्ता खेलाडीहरु साथमा हुनाले ब्राजिलको धेरै लामो समय पछिको विश्वकपको अन्त सुखद हुने अनुमान लगाउन सकिन्छ ।
ब्राजिलकालागि कोच टिटेले २३ सदस्यीय टोली घोषणा गरेका छन्।
अर्जेन्टिनाका कोच जोर्गे स्याम्पोलीले ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्। लियोनल मेस्सीको कप्तानीमा घोषित टोलीमा धेरै नामहरु अटाएका छन्। फिफाले जुन ४मा अन्तिम नामावली घोषणा गर्नैछ। १२ जना खेलाडी को को छाँटिनेछन त्यो त अर्जेन्टिनाको खेल ब्यवस्थापन, कप्तान र कोचले निर्धारण गर्नेछन्।