arrow

प्रिमियर लिग: लिभरपुल र चेल्सी चौथो हुने दाउमा, सिटी ईतिहास रच्ने क्रममा 

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
Klopp_Conte.jpg

एजेन्सी। प्रिमियर लिग फुटबल सत्र २०१७-१८को अन्तिम खेलहरु आइतबार हुन गईरहेको छ। प्रिमियर लिगो अन्तिम दिनसम्म आईपुग्दा चौथो र पाँचौ स्थानमा रहेका लिभरपुल र चेल्सीको खेल बुप्रतिक्षित रहेको छ। 

लिभरपुल ३७ खेलमा ७२ अंकका साथ चौथो स्थानमा रहेको छभने चेल्सी ३७ खेलमा ७० अंकका साथ पाँचौं स्तानमा रहेको छ। 

चेल्सीले चौथो हुँदै च्याम्पियन्स लिगको बाटो तय गर्न आज हुने खेलमा आफुले जित्नु पर्ने हुन्छ भने लिभरपुलले हार्न पर्छ । यदी लिभरपुलले बराबर नतिजा मात्र निकाल्न सकेको खण्डमा चेल्सी पाँचौं हुँदै युरोपा खेल्नकालागि बाध्य हुनेछ । 

आज हुने खेलमा लिभरपुल घरेलु मैदानमा ब्राईटन एण्ड होव अलबियन बिरुद्ध खेल्दैछ। ब्राइटन चौधौं स्थानमा रहेको टोली हो । संभवत: लिभरपुलले ब्राईटनलाई हराउने छ। यदी खेल बराबरी गर्न सके पनि लिभरपुल चौथो हुँदै च्याम्पियन्स लिगका लागि बाटो तय गर्ने छ। 

लिभरपुलले खेल जित्दै गर्दा टोटेनह्यामले लेस्टरसँ पराजित भएमा वा बराबरी खेलेमा लिभरपुल तेस्रो हुनेछ । 

चेल्सीले न्युक्यासल युनाईटेडको घरेलु मैदानमा आफ्नो अन्तिम खेल खेल्दैछ । चेल्सीले न्युक्यासललाई पराजित गरेर मात्र पुग्दैन उसलाई लिभरपुल पराजित पनि हुन पर्ने हुन्छ। 

त्यसैगरि प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने अन्तिम टोलीको पनि छिनोफानो हुनेछ। स्वान्सी सिटीले स्टोक बिरुद्ध आफ्नो अन्तिम खेल खेल्दैछ । स्टोक रेलिगेसनमा परिसकेको टोली हो भने स्वान्सी ३७ खेलमा ३३ अंक लिएर १८औं स्थानमा रहेको छ। 

त्यसैगरि ३७ खेलमा ३६ अंक लिएर बसेको साउथ्याम्टन १७औं स्थानमा रहेको छ। साउथ्याम्पटनले लिग बिजेता म्यानचेस्टर सिटीसँग आफ्नो अन्तिम खेल खेल्ने छ। संभवत: स्वान्सी रेलिगेसनमा पर्ने निश्चित रहेको छ। स्वान्सीको साथ्याम्पटन भन्दा ९ गोल र तीन अंक कम छ । 

म्यानचेस्टर सिटीले आफ्नो अन्तिम खेल जितेमा प्रमियर लिगको ईतहासमा १०० अंक पुर्‍याउने पहिलो टोली हुने छ। सिटीको ३७ खेलमा ९७ अंक रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ