arrow

म्यान्चेस्टर सिटीको कीर्तिमानी जित, के के बन्यो कीर्तिमान ? 

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
man-city6.jpg

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा उपाधि विजेता च्यान्चेस्टर सिटीले विभिन्न कीर्तिमान रचेको छ । बुधबार रातिको खेलमा ब्राइटनलाई ३–१ ले हराउँदै म्यान्चेस्टर सिटीले एकै एकै सिजनमा सर्वाधिक अंक जोड्ने इंगलिस क्लवको कीर्तिमान बनाएको हो । 

सिटीले यो सिजनमा एक खेल खेल्न बाँकी छँदा ३७ खेलबाट ९७ अंक बनाएको छ । सिटीले यसअघि चेल्सीले सन् २००४–५ को सिजनमा जोडेको ९५ अंकको कीर्तिमान तोडेको हो । 

सिटी कीर्तिमानका लागि अझै रोकिएको छैन । सिटीले एकै सिजनमा सर्वाधिक १०५ गोल गर्ने कीर्तिमान पनि राखेको छ ।

यो जितसंगै आइभरी कोष्टका खेलाडी याया टुरेको पनि ८ वर्षे सिटी यात्रा सकिँदैछ । उनले इत्तेहाद स्टेडियममा अन्तिम खेल खेलेका छन् । 

अरु टिमको खेल के भयो ? 

बुधबार रातिको महत्वपूर्ण खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ । टोटनह्यामले न्युकासल युनाइटेडलाई १–० ले हराएपछि शिर्ष चारभित्र रहेर लिग सकाउने निश्चित भएको छ । टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ५० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । 

जितसँगै टोटनह्याम हट्सपरले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ ।

चेल्सी चाउरिएपछि 
डिफेन्डिङ च्याम्पियन चेल्सीले अहम खेलमा बराबरी खेलेपछि शिर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्न पाउने सम्भावना कमजोर बनेको छ । बुधबार रातिको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनसँग १–१ गोलको बराबरी खेल्यो ।


यो बराबरीले अब चेल्सी शिर्ष चारभित्र पर्न अन्तिम खेलमा ‘मिराकल’ हुनुपर्नेछ । चेल्सीले जितेरमात्र पुग्नेछैन अन्तिम खेलमा लिभरपुल पराजित भइदिनु पर्नेछ । हडर्सफिल्ड भने यही बराबरीका कारण रेलिगेशनबाट बचेको छ । 

बुधबार रातिको खेलमा छैटौं स्थानमा रहेर लिग टुंगाउने क्रममा रहेको आर्सनल पराजित भएको छ । आर्सनललाई लेष्टर सिटीले ३–१ ले हराएको हो ।

Manchester City set a new Premier League goals record as Fernandinho netted the 105th of the season

Midfielder Bernardo Silva drilled a left-footed shot into the bottom corner to put City 2-1 ahead in the 34th minute

Club captain Vincent Kompany presented Yaya Toure with a framed shirt as brother Kolo Toure watched on

The Ivorian icon was given a guard of honour with a difference as his team-mates gave him a playful slap on the pitch

 

Brighton equalised just four minutes later as Brighton striker Leonardo Ulloa headed home into an unguarded netHuddersfield boss David Wagner celebrates with his staff and players after their Premier League survival was secured

Huddersfield goalkeeper Jonas Lossl is mobbed by team-mates after a string of fine saves kept the scoreline level

The Huddersfield players lap up the appreciation from their jubilant supporters after securing their top-flight status

Depoitre emerged unscathed and managed to find his feet as the goalkeeper stayed down following the coming-together

The Belgian striker's goal sent the visiting supporters into raptures as their side chase Premier League survival this year

Riyad Mahrez of Leicester scores his side's third goal against Arsenal on Wednesday night to round off a much-needed win

Leicester striker Jamie Vardy scores their second goal against Arsenal in the second half of league game from penalty spot

The Spanish left-back races back towards the centre circle as Chelsea chase a win to keep their top four hopes alive

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ