arrow

चेल्सीले ल्यायो शिर्ष चारमा अट्ने पारा

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
chelsea13.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले शिर्ष चारमा रहेरै लिग सकाउने पारा ल्याएको छ । डिफेन्डिङ च्याम्पियन चेल्सीले आइतबार रातिको खेलमा लिभरपुललाई १– ० ले हराएपछि शिर्ष चारमा रहेर लिग सकाउने लक्षण देखिएको हो । 

आफ्नै मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई विजयी गराउन ३२ औं मिनेटमा ओलिभर जिरुले निर्णायक गोल गरे।


खेलमा रेफ्रीले पाँच वटा पहेंलो कार्ड देखाए पनि कुनै असर गरेन । 

जितपछि लिगमा ३६ खेलबाट चेल्सीको ६९ अंक भएको छ । २ अंक बढी जोडेको टोटनह्याम हट्सपर ७१ अंकसहित चौथो स्थानमा रहेको छ ।

एक खेल बढी खेलेको लिभरपुलको ७२ अंक छ । 

३६ खेलबाट ७७ अंकको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमै रहेर लिग सकाउने पक्का छ भने आइतबार हडर्सफिल्ड टाउनसंग गोलरहित बराबरीमा रोकिए पनि लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई कुनै असर परेन । 

यता, बर्नलेमाथि ५–० को जित निकालेपछि ६० अंकको आर्सनलले छैटौं स्थानमा रहेर लिग सकाउने पक्का भएको छ । 

५४ अंकको बर्नले सातौंमै समेटिएको छ । 

रोमाञ्चक भिडन्त अब तेस्रो, चौथो र पाँचौंका लागि हुनेछ ।

Oliver Giroud's first-half strike was enough to ensure Chelsea came out on top against Liverpool at Stamford Bridge 

The ball flew past Liverpool goalkeeper Loris Karius, who was left helpless as his side fell behind at Stamford Bridge 

Giroud made a bee-line for the substitutes bench thereafter and embraced the Blues' Brazilian defender David Luiz

Antonio Conte gestures to his players from the touchline during the opening exchanges of the Premier League clash

LONDON, ENGLAND - MAY 06:  Eden Hazard of Chelsea collides with Virgil van Dijk of Liverpool during the Premier League match between Chelsea and Liverpool at Stamford Bridge on May 6, 2018 in London, England.  (Photo by Clive Rose/Getty Images)

Liverpool's Sadio Mane goes tumbling to the ground after a strong challenge from Chelsea midfielder N'Golo Kante

Van Dijk towers above Giroud to win a header as the aerial battle continued to pose a threat to Liverpool's goalGiroud attempts to hold off the advances of Dejan Lovren but falls to the ground in a bid to win the ball at Stamford Bridge



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ