arrow

बार्सिलोनाको अपराजित यात्रा जारी, रियाल मड्रिडसंग बराबरी

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
barcelona13.jpg

काठमाडौं । स्पेनिस लिग फुटबलमा च्याम्पियन भइसकेको बार्सिलोनाको अपराजित यात्राको कीर्तिमान जारी रहेको छ । बार्सिलोनाले यो सिजनको सबैभन्दा चुनौतिपूर्ण खेलमा रियाल मड्रिडसंग बराबरी खेल्यो । 

आइतबार राति सिजनको अन्तिम एल क्लासिकोमा नोउ क्याम्पमा भएको खेल २–२ को बराबरीमा सकिएको हो । 

खेलको १० मिनेटमै लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर चार मिनेटमै क्रिष्टियानो रोनाल्डोले गोल फर्काएर बराबरी गरे । 

४५ औं मिनेटमा सर्जिओ रोबर्टो रातो कार्ड खाएर बाहिरिएपछि बार्सिलोना दबाबमा आयो । तर पनि गोल गर्यो । 

५२ औं मिनेटमा लियोनल मेस्सीले गोल गरे । तर रियाल मड्रिडका ग्यारेथ बेलले ७२ औं मिनेटमा गोल गरेर बराबरीमा ल्याए । 

तनावपूर्ण खेलमा रेफ्रीले एउटा रातो कार्ड र आठ वटा पहेंलो कार्ड देखाएका थिए । 

जारी लिगको ३५ खेलमा ८७ अंकसहित बार्सिलोना शिर्ष स्थानमा छ । बार्सिलोनाले २६ जित र ९ बराबरीका साथ कीर्तिमान राखेको हो । ३६ खेलबाट ७५ अंकको एथलेटिको मड्रिड दोस्रो र ३५ खेलबाट ७२ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ । 

दोस्रो स्थानको टक्कर कडा देखिएको छ । 
 

However Cristiano Ronaldo silenced the Nou Camp by bringing Real Madrid level just five minutes later from close rangeRonaldo was left limping after scoring the first Real goal, and was eventually substituted off at half-time by Zinedine Zidane

Sergi Roberto was sent off in first-half stoppage time for lashing out at Marcelo with an apparent slap off the ball

However, 10-man Barcelona retook the lead when Lionel Messi produced another piece of magic and fired home

But Gareth Bale struck superbly from the edge of the area to score Real's second equaliser in the 78th minute

Roberto picked out a perfect cross to the far post for Suarez to volley past Real Madrid goalkeeper Keylor Navas

Suarez celebrates scoring the Barcelona opener, as his side aimed to extend their unbeaten run against their rivals

Suarez celebrates in front of the home fans, as Barca aimed to put the cherry on top of a near-perfect domestic campaign

Toni Kroos played a superb cross to the back post, which Karim Benzema nodded across goal for Ronaldo to score

Ronaldo bravely drove through the tackle of Gerard Pique to force in the equaliser, and was congratulated by Benzema



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ