च्याम्पियन्स लिग: राम्रो खेलेर नजितेको दवाबमा म्युनिख, मड्रिड घरेलु मैदानमा सहज
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
294
Shares
एजेन्सी। च्याम्पियनस् लिग फुटबलको सेमीफाईनलको पहिलो लेगमा बायर्न म्युनिखलाई २-१ गोलले पराजित गरेको रियाल मड्रिड दोस्रो लेगमा बायर्नलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्न आतुर रहेको छ।
आफ्नो घरेलु मैदानमा २-१ले पराजय भोगेको म्युनिख फईनलमा पुग्नकालागि आवश्यक जितको रणनीति सहित मैदानमा ओर्लने छ।
१२ पटकको बिजेता रियाल मड्रिड १३औं बिजयकालागि फाईनल पुग्न चाहान्छ भने पाँच पटकको बिजेता बायर्न पनि छैठौं उपाधिकालागि खेल्न चाहान्छ ।
मड्रिडले सन् २०१४-१६ र १७ गरेर चार बर्षमा तीन उपाधि हात पारेको छ भने बायर्नले सन् २०१३मा अन्तिम पटक उपाधि जितेको थियो।
क्रिष्टियानो रोनाल्डोले पछिल्लो च्याम्पियनस् लिगका ११ खेलमा १७ गोल गरेका छन्। उनले सबै ११ खेलमा कम्तिमा १ गोल गरेका छन्। उनले पहिलो लेगमा कुनै पनि गोल गर्न सकेनन्। रोनाल्डो दोस्रो लेगको खेलमा पनि निर्णायक नै रहने छन्।
रोनाल्डोको अ्रको पनि रेकर्ड रहेको छ। उनले बायर्न बिरुद्ध च्याम्पियन्स लिगमा ९ गोल गरिसकेका छन् । उनले सबैभन्दा बढी इउटै बिरोधि बिरुद्ध १० गोल युभेन्टस बिरुद्ध गरेका छन्।
बायरनका स्टार खेलाडी आर्जेन रोबेन घाइते भएका कारणले दोस्रो लेगमा खेल्ने छैनन्। मड्रिडका डेनी कार्भजालको पनि खेल्ने संभावना न्युन रहेको छ। उनको ह्याम्स्ट्रीङको समस्या रहेको छ। ईश्को पनि घाईते रहेका छन् तर उनले ट्रेनिङ शेसनमा भाग लिएका छन्।
पहिलो लेगमा रियालले राम्रो खेल खेलन नसके पनि जित निकालेको थियो। खेलमा प्रभाव हेर्दा बायर्नले सजिलै जित्ने खेल देखिए पनि अन्तमा नतिजा रियालको पक्षमा गएको थियो।
बायर्नका स्टार स्ट्राईकर रोबट लेवण्डोस्की फर्ममा देखीएका थिएनन्। बायर्नकालागि उनी फर्ममा आउनु आवश्यक रहेको छ अझ त्यसमाथि विङगर रोबेन पनि टिममा छैनन्। बायर्नकालागि यो कठिन खेल हुने छ।