arrow

टेलिकमकी महाप्रवन्धकलाई नेविसंघको ज्ञापनपत्र

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
NSU_NEW_Flag.jpeg

काठमाडौं। कांग्रेस निकट नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले नेपाल टेलिकमकी महाप्रवन्धकलाई बुधबार ४ बुँदे ज्ञापन पत्र बुझाएको छ। टेलिकमकी महाप्रवन्धकलाइ नेविसंघले कुनै एक पार्टीको भातृसंगठनको प्रचार व्यानरमा नेपाल टेलिकमको लोगो राखिएको भन्दै महाप्रवन्धकलाई ज्ञापनपत्र बुझाएको हो। 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सह–महामन्त्री परमेश्वर शाह, केन्द्रीय सदस्य सुशील भट्ट, प्रकाश सेढाई, हरि शर्मा लगायतका नेविसंघका नेताहरुको उपस्थितिमा सो ज्ञापनपत्र बुझाएको नेविसंघ नेता निरञ्जन थापाले जानकारी दिए।

नेविसंघ महामन्त्री काफ्लेले कुनै पनि पार्टीको नेताको फोटो सहितको संगठनको ब्यानरमा टेलिकमको लोगो राखेर टेलिकमकै  सिमकार्ड निशुल्क वितरण किन र के का लागि गरियो भन्दै ध्यानाकर्षण गराएको बताए।

ज्ञापनपत्र मार्फत दुर्गम ठाउँमा अझै टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको र संस्थागत भ्रष्टाचार समेत बढेकाले नेपाल टेलिकममा संलग्न जो कोही भएपनि कारवाही हुनुपर्ने माग उनीहरुले गरेका छन। केन्द्रीय सदस्य सुशील भट्टले २४ घण्टाभित्र कुनै ठोस निर्णय नलिए नेविसंघले गर्ने कुनै पनि कदमको सम्पूर्ण जिम्मेवारी टेलिकमले नै लिनुपर्ने बताए। 

ज्ञापनपत्र बुझ्दै टेलिकमका प्रमुख कामिनीराजराज भण्डारीले  अखिल क्रान्तिकारीको नाममा वितरण गरिएको सबै सिम रद्द गर्ने र उक्त कार्यमा संग्लग्न जो कोहीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएको भट्टले जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ