च्याम्पियन्स लिग: सलाहको उत्कृष्ट प्रदर्शनले लिभरपुल बिजयी
प्रकाशित २०७५ वैशाख १२ बुधबार
237
Shares
काठमाडौं। च्याम्पियन्स लिग फुटबलको पहिलो सेमीफाईनलको पहिलो लेगमा लिभरपुलले एएस रोमालाई ५-२ गोल अन्तरले पराजित गरेको छ।
लिभरपुलका स्टार खेलाडी मोहोम्मद सलाहको २ गोल र २ असिस्टले लिभरपुलले रोमालाई ५-२ अन्तरले पराजित गरेको हो। लिभरपुलकालागि मोहाम्मद सलाहले २ गोल गरेका थिए भने रोबर्टो फर्मिनोले पनि २ गोलको योगदान दिएका थिए। त्यसैगरि सादियो मानेले १ गोल गरेका थिए।
खेलको ३६औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसैगरि ४५औं मिनेटमा दोस्रो गोल गरेका थिए।
पहिलो हाफमा २-०को अग्रता लिएको लिभरपुल दोस्रो हाफमा अझ आक्रमक भएर आयो। खेलको ५६औ मिनेटमा सादियो मानेले गोल गरेका थिए। त्यसैगरि ६१औं र ६९औं मिनेटमा रोबर्टो फर्मिनोले गोल गर्दै ५-०को स्थितीमा पुर्याएका थिए।
करिब एकतर्फी देखिएको खेलको अन्तिम १० मिनेट रोमा आक्रमक भएर आएको थीयो। खेलको ८१औं मिनेटमा जेकोले गोल गर्दै रोमालाई सान्तवना दिलाएका थिए। त्यस्को ४ मिनेट पछि रोमाले पेनाल्टी मार्फत गोल गर्दै ५-२को स्थितीमा खेललाई पुर्याएको थियो।
अवे खेलमा २ गोल रोमालाई सेमीफाईनलको दोस्रो लेगमा सहयोगी हुन सक्ने छ। आफ्नो घरेलु मैदानमा रोमालाई ३-० को बिजयले फाईनलको यात्रा तय गराउने छ।
च्याम्पियन्स लिगको दोस्रो सेमीफाईनल बिहिबार बिहान रियाल मड्रिड र बायर्न म्युनिख बिच हुनेछ।