मुख्यमन्त्रीको तलव करीब ६१ हजार कायम गर्न प्रस्ताब
प्रदिप आचार्य,
प्रकाशित २०७५ वैशाख ५ बुधबार
499
Shares
बुटवल । प्रदेश नम्वर ५ सरकारले बिभिन्न तीन निर्णय गरेको छ । बैठकले प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक तय गर्न बनेको बिधयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको भने मुख्यमन्त्री, सहायक मन्त्री, राज्य मन्त्री लगायत अन्य मन्त्रीहरुको पारिश्रमिक निर्धारण गर्न बनेको बिधेयक छलफलका लागि प्रदेश सभा बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश सभामा काम गर्नका लागि प्रदेश सभा सचिवालय गठन गर्ने निर्णय गरेको बैठकपछि उद्योग, पर्यटन तथा बनमन्त्री लिला गिरीले जानकारी दिए । बैठकले मुख्य मन्त्रीको तलव ६० हजार ९ सय ७० कायम गर्न प्रस्ताब गरेको छ भने मन्त्रीहरु, राज्य मन्त्री र सहायक मन्त्रीहरुको तलब क्रमस ५२ हजार, ४९ हजार र ४७ हजार कायम गर्न प्रदेश सभा समक्ष प्रस्ताब गरेको छ ।
त्यस्तै प्रदेश सभामुखको तलव ५३ हजार प्रस्ताव गरेको छ भने उप सभामुखको ५० हजार, सचेतकको ४८ हजार कायम गर्न प्रस्ताव गरेको छ । त्यस्तै प्रदेश सभा सदस्यहरुको तलव ४५ हजार कायम गर्न प्रस्ताव गरेको मन्त्री गिरीले जानकारि दिए ।