कर्मचारीले सरकारी अनुमति नलिई विदेश जान पाउँदैन : लालबाबु पण्डित
कर्मचारी अभाव समस्या पन्ध्र दिनभित्र अन्त्य
प्रकाशित २०७४ चैत ३० शुक्रबार
428
Shares
नुवाकोट । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको पन्ध्र दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गरिने बताएका छन् ।
जिल्ला समन्वय समिति नुवाकोटमा शुक्रवार आयोजित कार्यालय प्रमुख र निर्वाचित जनप्रतिनिधिसँगको अन्तरक्रियामा मन्त्री पण्डितले कर्मचारी अभावले सरकार सञ्चालनमा कठिनाइ भएकाले चाँडै समस्या समाधान गरिने बताएका हुन् ।
“कर्मचारीलाई कुन ठाँउमा जान चाहेको हो, त्यसको आधारमा उनीहरुको रोजाइमा पन्ध्र दिनभित्रै पठाउन लागिरहेका छौँ”–उनले भने, “सरकारले रोजेको स्थानमा पठाउने नीति अवलम्बन गरेकाले राष्ट्रसेवक कर्मचारी भएर जान्न भन्नेलाई सधैँको लागि बिदा गरिनेछ ।”
“कर्मचारी र जनप्रतिनिधिलाई विशिष्ट कूटनीतिक भ्रमणबाहेक बाँकी सबै भ्रमण रोकेका छौँ”–उनले भने, ‘‘सरकारी अनुमति नलिई कोहीपनि कुनै बाहनामा अब विदेश जान पाउँदैन ।” रासस