arrow

झापा पाँचथर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत २८ बुधबार
panchtar_goldcup.JPG

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा जारी  पाँचथर गोल्डकप फुटबल प्रतियोगिमा डिफेन्डिङ च्यान्पियन विर्ता युनाइटेड झापा विजयी बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ ।

 फिदिम माविको खेल मैदानमा बुधवार सम्पन्न खेलमा ४–२ गोल अन्तरले हेटौँडालाई हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो । झापाको जितमा पुष्प मादेनले खेलको २० औँ ६७ औँ र ७७ औँ मिनेटमा ३ गोल गर्दै ह्याट्रिक पुरा गरे । यस्तै नवयुग श्रेष्टले ५४ औँ मिनेटमा उत्कृष्ट गोल गरे ।

उता जवाफमा हेटौँडाका विदेशि खेलाडि इब्राहिमले १२ औँ र मुस्ताफाले १९ औँ मिनेटमा एक एक गोल गरे । खेलको म्यान अफ द म्याच विर्ता युनाइटेडका पुष्प मादेन घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।

जितसँगै विर्ता युनाइटेड सेमिफाइनल प्रबेश गरेको छ । प्रतियोगिता अन्र्तगत बिहिबारको पहिलो सेमिफाइनल खेल न्यू टार सुनसरि र मिसन युनाइटेड ताप्लेजुङ विच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल बैशाख २ गते हुनेछ । आठ टिम सहभागि प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५ सय ५५ रुपैया तथा उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैया हात पार्ने आयोजक पाँचथर फुटबल क्लवका अध्यक्ष अनुराग मगरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ