खरेलले दिए खनाललाई बधाई , प्रहरी सेवाबाट अलग्गिएको घोषणा
प्रकाशित २०७४ चैत २८ बुधबार
528
Shares
काठमाडौं । डीआईजी रमेश खरेलले २९ बर्षको प्रहरी सेवाबाट अलग्गिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् नवनुयुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बधाई दिदै प्रहरी सेवाबाट अलग्गिएको घोषणा गरेका हुन्।
उनले फेसबुकमा 'नव नियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाइ तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधिबाट अलग्गिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति अभार व्यक्त गर्न चाहन्छु । जयनेपाल !' लेखेका छन् ।
सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामा दिने घोषणा गरेका थिए ।