जर्मन बुन्डेस्लिगाको उपाधि बायर्न म्युनिखलाई, लगातार उपाधिमाथि डबल ह्याट्रिक
प्रकाशित २०७४ चैत २५ आइतबार
1k
Shares
काठमाडौं । जर्मन बुन्डेस्लिगा फुटबलमा बायर्न म्युनिखले लगातार छैटौं जित प्राप्त गरेको छ । उपाधिमाथि डबल ह्याट्रिक गर्ने क्रममा बायर्नले शनिबार रातिको खेलमा अग्सबर्गलाई ४–१ ले हरायो ।
बायर्नका लागि टोलिस्सो, जेम्स रोड्रिग्वेज, आर्जेन रोबिन्हो र सान्ड्रो वाग्नरले १–१ गोल गरे ।
यो जितले बायर्नले पाँच खेल अघि नै उपाधि जितेको हो । बायर्नको २९ खेलबाट ७२ अंक छ । दोस्रो स्थानको साल्केको ५२ अंकमात्र छ ।
१८ टिम रहेको बुन्डेस्लिगामा तीन टिम रेलिगेशनमा पर्नेछन् ।