-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर युनाइटेडले सनसनीपूर्ण कमब्याक गर्दै म्यान्चेस्टर सिटीलाई ३–२ ले पराजित गर्यो ।
लिभरपुल एभर्टनसंग गोलरहित बराबरीमा रोकियो । क्रिस्टल र बर्नमाउथले २–२ को बराबरी खेले ।
ब्राइटन र हडर्सफिल्डले १–१ को बराबरी खेले । लेस्टर न्युकासलसंग २–१ ले पराजित भयो ।
टोटनह्यामले स्टोकलाई २–१ ले हरायो । बर्नलीले वाटफोर्डलाई २–१ ले हरायो । स्वान्सी र वेष्टब्रोम १–१ को बराबरीमा रोकिए ।
यी खेलपछि ३२ खेलबाट सिटीको ८४ अंक छ । सनसनीपूर्ण म्यान्चेस्टर डर्बीमा जित पाएको युनाइटेडको ७१ अंक भएको छ ।
एक खेल बढी खेलेको लिभरपुलको ६७, ३२ खेलबाट टोटनह्यामको ६७ नै अंक छ । डिफेन्डिङ च्याम्पियन चेल्सीको ५६ अंक छ ।
वेष्टब्रोम, स्टोक र साउथह्याम्पटन रेलिगेशनमा छन् ।




