च्याम्पियन्स लिगमा बार्सिलोना बर्सियो, एएस रोमा ४–१ ले पराजित
प्रकाशित २०७४ चैत २२ बिहिबार
149
Shares
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेलमा स्पेनिस क्लव बार्सिलोनाले गोलको वर्षा गरेको छ । बार्सिलोनाले इटालियन क्लव एएस रोमालाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
क्वाटरफाइनल पहिलो लेगको खेलमा आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन जेरार्ड पिके र लुईस सुवारेजले एक–एक गोल गरे ।
त्यसपछि बार्सिलानालाई पुग्यो । एएस रोमाका ड्यानिएल डे रोसी र कोस्टान्टीनोस मानोलासले १–१ वटा आत्मघाती गोल गरेका थिए ।
तर ती दुवै आत्मघाती गोल बार्सिलानाले २–० को अग्रता बनाएपछि भएका थिए ।
रोमाका लागि भने एडिन जेकोले सान्त्वना गोल गरे ।
दोस्रो लेग रोमाको मैदानमा हुनेछ । तर बार्सिलोनाले लिएको गोल अन्तरलाई कम गर्दै बिजयी नतिजा निकाल्न भने रोमालाई सम्भव देखिँदैन ।