arrow

अष्ट्रेलियाका कप्तान स्मिथसहित ३ खेलाडी निलम्बित

स्मिथ र वार्नरलाई आईपीएलमा पनि ढोका बन्द

logo
प्रकाशित २०७४ चैत १४ बुधबार
smith.JPG

काठमाडौं । अष्ट्रेलियाको क्रिकेट संघले बल टेम्परिङ (विगारेको) आरोपमा मुछिएका अष्ट्रेलियाली खेलाडी स्टिभ स्मिथ र डेविड वार्नरलाई एक वर्षको प्रतिबन्ध लगाएको छ ।  

स्मिथ कप्तान थिए । यस्तै, त्यस्तै क्यामरन बेनक्राफ्टलाई ९ महिना प्रतिबन्ध लागेको छ । यसअघि क्रिकेट अष्ट्रेलियाले कारबाही स्वरुप तीन खेलाडीलाई घर फिर्ता गरेको थियो ।  यसमा संलग्न भनिएका प्रशिक्षक ड्यारेन लेम्यानलाई भने कुनै कारबाही नगरिने क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स सथरल्याण्डले बताएका छन् ।

जोहानेसबर्गमा हुने चौथो टेष्टमा प्रतिबन्ध लागेपछि क्रिकेट अष्ट्रेलियाले अब यी तीन खेलाडीको ठाउँमा नयाँ खेलाडीलाई सहभागि गराउने छ ।क्रिके ट अष्ट्रेलियाका प्रमुख सथरल्याण्डले भनेका छन्, ‘यो घटना खेलको भावना विपरित भएको हो जुन क्रिकेट अष्ट्रेलियाका लागि खराब दिन थियो ।’

स्मिथलाई कारबाही भएपछि विकेटकिपर टिम पाइनेले बाँकी खेलमा कप्तानको भूमिका निर्वाह गर्ने बताइएको छ । प्रतिबन्धमा परेका खेलाडीको स्थानमा म्याथ्यु रेन्श, ग्लेन म्याक्सवेल र जो बर्न टोलीमा डाकिएका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको तेश्रो टेष्टमा क्यामरुन बेनक्रफ्टले पहेँलो टेप निकालेर बललाई टेम्परिङ गराएको दृष्य क्यामरामा कैद भएको थियो । स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरले नियोजित रुपमा अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा बल बिगारेको भन्दै पदबाट निकालिएका थिए ।
यो घटनाबारे जानकार रहेका कप्तान स्मिथ र उपकप्तान वार्नरले समेत आचारसंहिता उलंघन गरेका ठहर गर्दै क्रिकेट अष्ट्रेलियाले प्रतिबन्ध नै लगाइदिएको हो ।  

सन् २०१६ मा दक्षिण अफ्रिकाका कप्तान फाफु डु प्लेसिसले पनि बल टेम्परिङ गरेका थिए । जसका कारण उनलाई जरिवाना गराइएपछि  प्रतिबन्धबाट भने जोगिएका थिए । प्लेसिसले मीठाई खाँदै त्यसबाट बल चम्काएका थिए ।

स्मिथ र वार्नरलाई आईपीएलमा पनि ढोका बन्द  
स्मिथ र वार्नरले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट पनि खेल्न नपाउने भएका छन् । भारतीय क्रिकेट बोर्डले दुबैलाई नखेलाउने निर्णय गरेको हो । स्मिथ राजस्थान रोयल्स र वार्नर सजराईजर्स हैदरावादमा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ