-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । लियोनल मेस्सी बिनाको अर्जेन्टिना लंगडो भएको छ । मैत्रीपूर्ण फुटबलमा खेलमा अर्जेन्टिना स्पेनसंग ६–१ ले पराजित भयो ।
इस्कोले ३ तथा डिएगो कोस्टा, थियागो अल्कान्तारा र इयोगो एस्पासले १–१ गोल गरे ।
अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले एक गोल गरे ।
लियोनल मेस्सी घाइते भई खेल्न नसकेपछि टिम धरासायी भएको हो ।
रुस विश्वकप हुन तीन महिना तीन महिना बाँकी छँदा लगातार मैत्रिपूर्ण खेल भइरहेका छन् ।
रोमानियाले स्वीडेनलाई १–० ले, बेल्जियमले साउदीलाई ४–० ले, पोल्याण्डले साउथ कोरियालाई ३–२ ले, ब्राजिलले जर्मनीलाई १–० ले, अमेरिकाले पाराग्वेलाई १–० ले हरायो ।
इंगल्याण्ड र इटालीले १–१ को बराबरी खेलेका छन् । त्यसैगरी मेक्सिको र क्रोएसियाले गोलरहित बराबरी खेले ।







