एमाले–माओवादी पार्टी एकताका लागि तयार, चैत २२ कै साइत
प्रकाशित २०७४ चैत ११ आइतबार
282
Shares
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता चैत २२ मै हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले हाम्राकुरासंग भने, ‘पार्टी एकताका लागि सबै प्रक्रियाहरु पूरा हुँदैछन् चैत २२ मै एकता हुन सक्छ ।’
एमालेले तयारी पूरा भइसकेको र माओवादीमा अझै तयारी नभएको हो त भन्ने प्रश्नमा गुरुङले भने, ‘हामी पनि तयार भइसक्यौं ।’
गुरुङले तयारीको अल्झनका विषयमा भित्री रहस्य केही नभएको स्पष्ट पार्दै भने, ‘पार्टी एकताका लागि हामी तयार नै छौं भित्री गोप्य केही छैन, बाहिर जस्तो छ चित्र पनि त्यस्तै छ ।’
एकताका मुख्य योजनाकार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बैशाख १० गते पार्टी एकताको घोषणा गर्ने योजना सुनाइरहँदा चैत २२ मै गर्नुपर्नेतर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल अगाडि बढाएपछि माओवादी पनि तात्तिएको हो ।
ओलीको भारत भ्रमण चैत २३ गतेदेखि हुँदै गर्दा त्यसअघि नै सकारात्मक सन्देश प्रवाह गर्नका लागि पार्टी एकता अगाडि गर्न थालिएको हो ।