arrow

सन्दीप लामिछाने नयाँ अवतारमा !

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
sandip.jpg

काठमाडौं । विश्व क्रिकेटमा चिनारी बनाउँदै गरेका राष्ट्रिय क्रिकेट टिमका लेग स्पीन बलर सन्दीप लामिछाने नयाँ चिनारीमा पनि हिंड्न खोज्दैछन् । 

भारतमा यही अप्रिल ७ देखि हुने इन्डियन प्रिमियर लिग आईपीएल खेल्ने तयारीमा रहेका सन्दीप गायकका रुपमा समेत चिनिन खोज्दैछन् । 

उनले आगामी एल्बम ‘प्रतिक्षा’ मार्फत आउँदै गरेको पनि जनाएका छन् । 

एल्बमको टिजर सार्वजनिक गर्दै सन्दीपले ट्वीटरमा भनेका छन् , ‘मेरो दोस्रो शौख गीत गाउनु पनि हो । म गीतमार्फत मेरो शौख पूरा गर्दैछु ।’

टिजरमा “उदास थियो मेरो यो मन” बोलको गीतमा उनले खुलेरै गाएका छन् । 

क्रिकेटमा सनसनी मच्याउन खोजेका सन्दीपले गीतमा कत्तिको सनसनी मच्याउने हुन् त्यो त एल्बम नै निस्केपछि थाहा लाग्नेछ । 

जेहोस् सन्दीपको स्वर भने मज्जैले खुलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ