arrow

मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
football2.JPG

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको शुक्रवार यहाँ उद्घाटन गरेकी छन् ।  

मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ कमिटीको आयोजनामा बुटवल रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको खेलकुदको इतिहासलाई अझै उचाइमा पुर्‍याउन तथा खेल पर्यटनबाट समृद्धि हासिल गर्न सबैलाई आह्वान गरे ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले खेलमा खेलाडीका बीचमा तालमेल भएजस्तै राष्ट्र निर्माणका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारबीच तालमेल गर्नुपर्नेमा जोड दिए ।
 
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु १५ लाख तथा द्वितीयलाई रु सात लाख ५० हजार पुरस्कार र सान्त्वना दुई टोलीलाई  एक-एक लाख पुरस्कार राखिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । यस्तै नयाँ अभ्यासका रुपमा खेल अवधिभर प्रत्येक खेलाडीको रु तीन लाख बराबरको बीमाको व्यवस्था गरिएको प्राविधिक संयोजक नन्दु काउचाले बताए ।

राष्ट्रिय रुपमा ए डिभिजनका नौ टोली र अन्तर्राष्ट्रिय रुपमा मलेसियाबाट एक टोली गरी जम्मा १० टोली प्रतियोगितामा सहभागी छन् । पाँच हजार दर्शकले अवलोकन गर्न मिल्ने प्यारापिटको निर्माण गरिएको छ । मदन भण्डारी स्पोस्टर्स एकेडेमी र सुदूरपश्चिम ११ बीचको आजको प्रतिष्पर्धामा स्पोर्टस एकेडमी सुदूरपश्चिमलाई १ का विरुद्ध ३ गोल गरेर क्वाटर फाइनलमा प्रवेश गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ