काठमाडौं । अर्को वर्ष इंगल्याण्डमा हुने विश्वकप क्रिकेटको फाइनल चरणमा पुग्ने अन्तिम टिमको टुंगो शुक्रबार लाग्दैछ । विम्बाव्वेमा भइरहेको विश्वकप छनोट क्रिकेटको सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार दिउँसो १ः१५ मा अफगानिस्तान र आयरल्याण्ड खेल्दैछन् ।
यो खेलको विजेता विश्वकपमा पुग्नेछ । यसअघि वेष्टइन्जिड विश्वकपमा पुगिसकेको छ । १० टिमले सहभागीता जनाएको प्रतियोगिताबाट शिर्ष दुई टिम विश्वकपमा पुग्ने हुन् ।
आयोजक जिम्बाब्वे भने विश्वकपमा पुग्ने सम्भावना छैन । जिम्बाव्वेको ५ अंक छ । महत्वपूर्ण खेलमा जिम्बाव्वेलाई बिहिबार युएईले हराएर विश्वकप जानबाट रोकेको हो ।
त्यसपछि आइरल्याण्ड र अफगानिस्तानको ढोका खुलेको हो । दुवै टिमको ४–४ अंक छ । वर्षा वा कुनै कारणले खेल रद्द भई अंक बाँड्नु पर्दा रन रेटबाट आयरल्याण्ड विश्वकपमा जानेछ ।
विश्व वरियताका आठ राष्ट्र र छनोट चरणबाट आउने दुई राष्ट्र गरी १० टिमले विश्वकपको अन्तिम चरण खेल्नेछन् ।