काठमाडौं । तीन महिनापछि रुसमा हुने विश्वकप फुटबलको ट्रेलर सुरु भएको छ । विश्वकपका लागि टिमहरुले रणनीति बनाउँदै गर्दा धमाधम आपसमा मैत्रिपूर्ण खेलहरु पनि खेलिरहेका छन् ।
बिहिबार राति भएको खेलमा डेनमार्कले पानामालाई १–० ले हराएको छ । ब्लाज पेरेजले रातो कार्ड खाए पछि १० जनामा समेटिएको पानामालाई हराउन सिस्टोले गोल गरेका हुन् ।