काठमाडौं । एएफसी एसियन कप २०१९ छनोट अन्तर्गत यमनविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यातुको कोजीले २० सदस्यीय टोली घोषणा गरेका हुन् ।
टोलीमा सबै खेलाडी राष्ट्रिय टोलीबाट फुलबल खेलिसकेकैहरु छन् । यमनसँग नेपालको भेट चैत १३ गते हुँदैछ । खेल कतारको दोहास्थित बिन हम्माम रंगशालामा हुनेछ । समूह ‘एफ’मा परेको नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको छ । यमन विरुद्धको खेल औपचारिक मात्रै ठहरिनेछ ।
सुरुवाती ५ मध्ये ३ खेल हारेको नेपालले २ खेल बराबरी गरेको छ । ५ मध्ये एउटा पनि खेल जित्न नसकेको नेपाल यमनसँगको भेटअघिनै बाहिरिएको हो । जसकारण यो खेल औपचारिक हुनेछ ।
पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले हारेको नेपाल दोस्रो खेलमा यमनसँग गोलरहित बराबरीमा रोकियो । तेस्रो खेलमा ताजकिस्तानसँग २–१ ले हारेको नेपाल चौथो खेलमा पनि ताजकिस्तानसँगै ३–० ले हार्न पुग्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पाँचौ खेलमा नेपालले फिलिपिन्सँग गोलरहित बराबरी खेलेको थियो । घरेलु मैदानमा समेत नेपालले खेल सुधार गर्न सकेन । गएको कात्तिक २८ मा भएको यो खेलपछि नेपाल पहिलो पटक मैदान उत्रँदै छ ।
यस्तो छ टोली गोल रक्षक
किरण चेमजोङ
विशेक कुथु
एलन न्यौपाने