ट्राइसिरिज क्रिकेट भारतलाई, बंगलादेशविरुद्ध दिनेशको कार्तिक नाच
प्रकाशित २०७४ चैत ५ सोमबार
191
Shares
काठमाडौं । ट्राइसिरिज टी–२० क्रिकेट सिरिज भारतले जितेको छ । आइतबार राति कोलम्बोमा भएको निदाहास ट्रफी क्रिकेटको फाइनलमा बंगलादेशलाई ४ विकेटले परजित गर्दै भारतले सिरिज जितेको हो ।
पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको नोक्सानीमा एक सय ६६ रन बनायो । सब्बिर रहमानले ५० बलमा ७७ रन जोडे ।
युजभेन्द्र चाहालले ३ विकेट लिए ।
जवाफमा भारतले दिनेश कार्तिकको उत्कृष्ट फिनिसिङको मद्धतले भारतले अन्तिम बल खेल्दै ६ विकेटको क्षतिमा जित निश्चित गर्यो ।
कप्तान रोहित शर्माले ४२ बलमा ५६ रन बनाएको इनिङमा कार्तिकले देखाए भारतको जितमा कार्तिक नाच ।
कार्तिकले ८ बल मात्र खेलेर ३ छक्का, २ चौका, १ दुक्का र १ एक्का रन बनाएरै भारतलाई रोमाञ्चक जित दिलाए । ८ बल खेलेरै म्यान अफ द म्याच बन्ने विरलै कीर्तिमान पनि कार्तिकले रचेका छन् ।
प्रतियोगिताको आयोजक तथा तेस्रो टिम श्रीलंका भने ४ खेलबाट २ अंकसहित पुछारमा रहेर बाहिरिएको थियो । ४ खेलमा भारतले ३ तथा बंगलादेशले २ खेल जितेको थियो ।