arrow

जिम्बाब्वे बिरुद्ध नेपाल ठुलो अन्तरले पराजित

शरद र आरिफको अर्धशतक

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
Cricket_Nep_Zim.jpg

काठमाडौं। विश्वकप क्रिकेट छनौट खेलमा जिम्बाब्वेले नेपाललाई १ सय १६ रनले पराजित गरेको छ।

३ सय ८१ रनको बिजय लक्ष्य पच्छ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन मात्र बनाउन सकेको थियो। नेपालकाागि सार्वाधिक रन शरद भेषावकरले बनाएका थिए। उनले ४८ बलमा १ छक्का र ६ चौकाको मदतले ५२ रन बनाएका थिए। 

नेपालकालागि अर्को अर्धशतक आरिफ शेखले बनाएका थिए। उनले ५९ बलमा ५ चौकाको मदतले ५० रन बनाएका थिए। त्यसैगरि कप्तान पारस खड्काले ४० रन बनाएका थिए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३२ रनको योगदान दिएका थिए। 

जिम्बाब्वेका शिकन्दर राजाले ३ विकेट लिएका थिए भने ब्रायन भिटोरीले २ विकेट हात पारेका थिए। 

यसअघि निर्धारित ५० ओभरमा जिम्बाब्वेले ६ विकेटको क्षतिमा ३८० रन बनाएको हो। 

नेपाली बलरहरु जिम्बाब्वेका ब्याट्सम्यान सामु निरिह देखिएका थिए। नेपालका कप्तान पारस खड्काले ७ जना बलरहरु प्रयोग गरेका थिए।

जिम्बाब्वेका ब्याट्सम्यानहरु सिकन्दर राजा र ब्रेण्डन टेलरले शतक प्रहार गरेका थिए। सिकण्दर राजाले ६६ बलमा ९ छक्का र ७ चौकाको मदतले १२३ रन बनाएका थिए भने टेलरले ९१ बलमा १ छक्का र सात चौकाको मदतले १०० रन बनाएका थिए। 

बिष्फोटक सुरुवात गरेको जिम्बाब्वेका पहिलो विकेटकालागि ७ ओभरमा ७७ रनको बिष्फोटक साझेदारी भएको थियो। जिम्बाब्वेका ओपनर सेफस झुवाओले २३ बलमा ४१ रन बनाएका थिए भने सोलोमन मिरले ५२ रनको योगदान दिएका थिए। 

नेपालकालागि बसन्त रेग्मीले र सोमपाल कामीले २-२ विकेट लिएका थिए भने ललित राजवंशी र सन्दिप लामिछानेले १-१ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ