काठमाडौं । रेलिगेशन क्षेत्रको लस पल्मससंग शिर्ष स्थानको बार्सिलोनाले स्पेनिस लिग फुटबलमा बराबरी खेलेको छ । लस पल्मसको मैदानमा बिहिबार राति भएको खेलमा बार्सिलोना १–१ गोलको बराबरी खेलेको हो ।
खेलको २१ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
४८ औं मिनेटमा जोनाथन क्यालेरीले पेनाल्टीमा गोल गरेर लस पम्लसलाई बराबरीमा ल्याए ।
त्यसपछि बार्सिलोनाले गोल गर्न सकेन र पल्मसले बराबरीमा खेल रोक्न सफल भयो ।
यो बराबरीपछि पनि शिर्ष स्थानको बार्सिलोनाको यो सिजनमा अनबिटन यात्रा जारी छ ।