arrow

कल्पना श्रेष्ठ कल्पपुञ्जद्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ सार्वजनिक

logo
प्रकाशित २०७४ फागुन ५ शनिबार
upanyas.jpg

काठमाडौं । गीतकार, गजलकार तथा आख्यानकार कल्पना श्रेष्ठ कल्पपुञ्जद्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ । वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्नेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ बहिरासंघका अध्यक्ष सत्यदेवी वाग्लेले गरेका थिए । त्यस्तै वक्ता तथा समीक्षक त्रि.वि.का उप प्राध्यापक महेश पौडेल, प्रा. डा. रजनी ढकाल र समीक्षक तथा लेखक राम लोहनीलगायतले संयुक्त रुपमा सो उपन्यासको विमोचन गरेका थिए ।

पुस्तकमा आवाजविहीन बालिकाको बाल्यकालीन पीडानुभूतिदेखि वैवाहिक एवं राक्षसी यौनहिंसासम्मका विषय मूल रुपमा उठान गरिएको छ । पुस्तकका बारेमा बोल्दै प्रमुख अतिथि सत्यदेवी वाग्लेले भनिन् – ‘सञ्जीवनी उपन्यास अपाङ्ग र अशक्तहरुलाई सक्षम बनाउन उत्प्रेरित गर्ने महत्वपूर्ण दस्तावेद हुन सक्छ ।’ आफैँ पनि आवाजविहीन भएकोले वाग्लेले दोभाषेको माध्यमबाट अभिव्यक्ति प्रस्तुत गरिन् ।

समाजमा हुने गरेका अपाङ्ग तथा महिलाहरुप्रति गरिने दुव्र्यवहारलाई यस उपन्यासमार्फत उजागर गरिएको छ । अपाङ्ग तथा असक्तहरुले पनि अवसर पाएमा सपाङ्गसरह नै सामाजिक काम गरी स्थापित हुन सक्छन् भन्ने सन्देश पनि उक्त पुस्तकले दिएको छ । त्यस्तै कार्यक्रममा महेश पौडेल, प्रा.डा. रजनी ढकाल र समालोचक राम लोहनीलगायतले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए । गीतकार तथा गजलकारका रुपमा स्थापित भइसकेकी कल्पना श्रेष्ठ कल्पपुञ्जको आख्यानको क्षेत्रमा दर्विलो उपस्थिति भएको उनिहरुले बताए ।

उपन्यासले पुरुषप्रधान समाजका पुरुष र नारीका असमान अवस्थिति बयान गरेको छ । कृतिमा अलिकति गाउँ र अलिकति शहरमा फुलेको सञ्जीवनीमा सम्वेदनशीलता, नारीजन्य अस्मिताचिन्तन र समाजबोधको सहज चित्रण भेटिन्छ ।

आवाजविहीन,बहिरा साहित्यिक सृजना तथा साहित्यीक क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखी स्याङ्जामा आमा मान कुमारी श्रेष्ठका नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरी सो उपन्यासको रोयलटी सहित दुई लाखको चेक सोही समारोहमा कृतिकार कल्पना र उनका श्रीमान लक्ष्मी राज श्रेष्ठले संयुक्त रुपमा साहित्यकार गङ्गा पौडेललाई हस्तान्तरण समेत गरे।

उक्त उपन्यास ‘सञ्जीवनी’ शिखा बुक्सले प्रकाशन गरेको हो । उपन्यास मूल्य ३ सय ५० रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ