भारतीय विदेशमन्त्री स्वराजलाई राज्यमन्त्री उदयशम्शेरले गरे बिदाइ
प्रकाशित २०७४ माघ १९ शुक्रबार
231
Shares
काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी शुक्रवार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकि छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरे ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकी थिइन् ।