अमरबस्ती,पुनर्वास । कञ्चनपुरको पुनर्वासमा जारी एसपिए तेस्रो लालझाडी कप टि ट्वाइन्टी प्रतियोगीता सोमबार भएको खेलमा जयदुर्गे युवा क्लव वेलौरी बिजयी भएको छ । टस जितेर व्याटिगं रोजेको वेलौरीले १८ ओभरमा पुरै विकेट गुमाउदै १ सय ९९ रन वनाएको थियो ।
जयदुर्ये वेलौरीलाई जिताउन एम पि सिंहले सर्वाधिक ५१ र दिपक चन्दले ४० रनको पारी खेले । सुरुबाटै आक्रामक ब्याटिङमा उत्रिएको वेलौरीले १८ ओभरमा १ सय ९९ रन वनाएको हो । लिटिल फ्लावर वो. स्कुल लाई १ सय १३ रनको फराकिलो अन्तरले जयदुर्ये वेलौरी विजयी भएको हो ।
२ सय रनको लक्ष्य भेट्टाउन मैदान उत्रीएको लिटिल फ्लावर १३ अभोरमा पुरै विकेट गुमाउदै ८६ रनमा सिमित भयो । लिटिल फ्लावर लाइ थोरैमा समेट्न जयदुर्गे वेलौरीका सगुन शाहले ६ बिकेट लिएका थिए । शाहले ४ ओभरमा २३ रन खर्चेर ६ बिकेट हात पारे । ६ बिकेट लिएका शाह खेलको म्यान आफ् द म्याच समेत घोषित भए । लगातार २ खेल जितेर जयदुर्गे वेलौरी सेमिफाइनलमा पुगेको छ ।