arrow

जयदुर्गे सेमिफाइनलमा प्रवेश 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ १५ सोमबार
jaydurge.jpg

अमरबस्ती,पुनर्वास । कञ्चनपुरको पुनर्वासमा जारी एसपिए तेस्रो  लालझाडी कप टि ट्वाइन्टी प्रतियोगीता सोमबार  भएको खेलमा जयदुर्गे युवा क्लव वेलौरी बिजयी भएको छ । टस जितेर व्याटिगं रोजेको वेलौरीले  १८ ओभरमा पुरै विकेट गुमाउदै १ सय ९९ रन वनाएको थियो । 

जयदुर्ये वेलौरीलाई जिताउन एम पि सिंहले सर्वाधिक ५१ र दिपक चन्दले ४० रनको पारी खेले । सुरुबाटै आक्रामक ब्याटिङमा उत्रिएको वेलौरीले  १८ ओभरमा  १ सय ९९ रन वनाएको हो । लिटिल फ्लावर वो. स्कुल लाई १ सय १३ रनको फराकिलो अन्तरले जयदुर्ये वेलौरी विजयी भएको हो । 

२ सय रनको लक्ष्य भेट्टाउन मैदान उत्रीएको लिटिल फ्लावर  १३ अभोरमा  पुरै विकेट गुमाउदै ८६ रनमा सिमित भयो । लिटिल फ्लावर लाइ थोरैमा समेट्न जयदुर्गे वेलौरीका सगुन शाहले ६ बिकेट लिएका थिए । शाहले ४ ओभरमा २३ रन खर्चेर ६ बिकेट हात पारे । ६ बिकेट लिएका शाह खेलको म्यान आफ् द म्याच समेत घोषित भए । लगातार २ खेल जितेर जयदुर्गे वेलौरी सेमिफाइनलमा पुगेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ