जित्यो रियाल मड्रिडले, रोनाल्डो बने पेनाल्टी विज्ञ
प्रकाशित २०७४ माघ १४ आइतबार
323
Shares
काठमाडौं । स्पेनिस ला लिगा फुटबल लिगमा रियाल मड्रिड लयमा फर्किएको छ । रियालले शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हराएको छ । यो जितले एक खेल बढी खेलेको भ्यालेन्सियासंग अंक दूरी २ मा झार्दै रियाल २० खेलबाट ३८ अंकसहित चौथो स्थानमा रहेको छ ।
दोस्रो स्थानको एथलेटिको मड्रिडको ४३ अंक छ भने बार्सिलोनाको ५४ अंक छ ।
रियाललाई भ्यालेन्सियाकै मैदानमा जिताउने क्रममा क्रिष्टियानो रोनाल्डोले २ गोल गरे ।
रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका हुन् । उनी पेनाल्टी एक्सपर्ट नै कहलिएका छन् ।
बार्सिलोनाका खेलाडी लिओनल मेस्सीले पेनाल्टी गोल गर्न चुकेपछि रोनाल्डोलाई उनका प्रशंसकले पेनाल्टी एक्सपर्ट भनेका हुन् ।