टि-ट्वान्टी क्रिकेटमा जय दुर्गे र लिटिलफ्लावर बिजयी
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ ११ बिहिबार
463
Shares
अमरबस्ती,पुनर्वास । कञ्चनपुरको पुनर्वास स्थित अमरबस्तीमा जारी एसपिए तेस्रो लालझाडी टि ट्वाइन्टी क्रिकेट प्रतियोगीतामा बिहीबार भएको पहिलो खेलमा नवदोय जिवन शक्ति युवा कलव सीताबस्तीलाई हराउदै जयदुर्गे युवा क्लव वेलौरी विजयी भएको छ ।
समय अभावका कारण पहिलो खेल १२ ओभरमा झारीएको थियो । टस जितेर ब्याटिङ रोजेको जयदुर्गे युवा क्लव वेलौरीले १२ ओभरमा १ सय ३३ रन वनाएको थियो । प्रतिद्वन्दी टिम नवदोय जिवन शक्ति युवा कलव सीताबस्तीले १२ ओभरमा पुरै विकेट गुमाउदै ५६ रनमा समेटीएको थियो । पहिलो खेलमा जयदुर्गे युवा क्लव वेलौरीका खेलाडी पवन चन्दले १९ वलमा ४६ रन हिर्काउदै म्यान अफ द म्याद वनेका थिए । चन्दले सवैभन्दा वढी ४ चौका र ४ छक्का समेत हानेका थिए ।
त्यस्तै दोस्रो खेल लिटिल फलावर वो. इग्लिस स्कुल र सिद्धार्थ युवा क्लव च गाउँ विच भएको थियो । टस हारेर ब्याटिङमा उत्रिएको लिटिल फलावर वो. इग्लिसले १६ ओभरको समाप्तिमा ६ विकेट गुमाउदै १ सय ९३ रन वनाएको थियो । १ सय ९३ रनको योगफल तयार पार्न लिटिल फलावरका रमेश कुवरले सवै भन्दा वढी ३८ रन वनाए ।
१ सय ९४ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको सिद्धार्थ युवा क्लव च गाउँ ११ ओभरमा अल आउट हुदै ८६ रनमा समेटीयो । सिदार्थ युवा क्लवलाई सस्तैमा समेट्न लिटिल फलावरका रमेश कुवरले ५ विकेट हात पारे ।
आफ्नो टोलीका लागी ३८ रनको पारी खेलेका रमेशले सिदार्थलाई सस्तैमा समेटन ५ विकेट हात पारेपछीदोस्रो खेलको म्यान अफ द म्याच पनी उनि नै भए । प्रतियोगीताको तेस्रो दिन शुक्रवार पहिलो खेल विश्वज्योती युवा क्लव भन्सार र गुगल ब्वाइज क्लव वेलौरी विच हुदैछ भने दोस्रो खेल सुडा युवा क्लव भारत र आयोजक लालझाडी युवा क्लव २ विच हुने छ ।