arrow

के एम सिलाई ५३ रनले हराउदै नागार्जुन आदिति बिजयी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ १० बुधबार
cricket-ballhitting-wickets.jpg.jpeg

अमरबस्ती,पुनर्वास । एसपिए तेस्रो लालझाडि कप टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता बुधबारदेखि पुर्नवासको अमर बस्ती स्थित राष्ट्रिय माविको खेलमैदानमा सुरु भएको छ ।

बुधबार उदघाटन  खेलमा कैलाली बहुमुखी  क्याम्पसको के एम सि टिमलाई ५३ रनले हराउदै नागर्जनु आदिती ११ धनगढी चौराह विजयी भएको छ ।  टस जितेर पहिलो बलिङ रोजेको केएमसि समक्ष चौराहले १४५ रनको लक्ष दिएको थियो । समय अभवका कारण २० ओभरको खेललाइ १६ ओभरमा झारिएको थियो ।

१६ ओभर खेल्दै नागर्जनु आदिती ११ धनगढी चौराले ९ बिकेटको क्षतिमा १४४ रन बनाएको थियो । १४५ रनको लक्ष्य पक्ष्याएको कैलाली वहुमखु क्याम्पस क्याम्पसले १६ ओभरमा ९१ रनमै सेमेटिएको थियो । बिहीबार नवोदय जिवनशक्ति ख गाउ र जयदुर्गे युवा क्लव बेलौरि बिच प्रतिस्पर्धा हुदैछ । बुधबारदेखि  सुरु भएको प्रतियोगिता २० गते  सम्म चल्ने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ