arrow

मदन भण्डारी गोल्डकपको फाइनलमा थ्रीस्टार

logo
प्रकाशित २०७४ माघ १० बुधबार
nepal-three-star.jpeg

इटहरी । थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ ।

बिहिवार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो ।

खेलमा त्रिभुवन आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले खेलको २५ औँ मिनेटमा भरत खवासको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको १२ औँ मिनेटमा थ्रीस्टारका मार्टिन्स अजयीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो ।

टाइबे्रकरमा थ्रीस्टारका बुद्ध चेम्जोङ्ग, निराजन खड्का, सुनिल बल, अनन्त थापा र धिजन सुब्बाले गोल गर्न सके भने आर्मीका तर्फबाट नवयुग श्रेष्ठ, सन्तोष तामाङ्ग र दीप लामाको प्रहार सही भयो तर अरिर विष्टको प्रहार बाहिरियो ।

आजको विजेताले मनाङमस्र्याङ्दी क्लब र भारतको गरिफा स्पोर्टिङ्ग क्लब कोलकाताबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग माघ १४ गते उपाधिको लागि भिडन्त गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ