मनकारी युवतीले नवदुर्गाका विद्यार्थीलाई गरिन् सहयोग
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ १० बुधबार
764
Shares
पुनर्वास । पुनर्वासको सुकुम्बासी बस्तीमा रहेको नवदुर्गा प्राथमिक विद्यालयका १११ जना विद्यार्थीहरुलाई मनकारी युवती सबु गुरुङले झोला लगायतका शैक्षिक सामाग्री बुधबार बितरण गरेकी छिन ।
बिपन्न र राजधानीका खाते बालबालिकाहरुलाई साहायता गर्दै आएकी युवती गुरुङले पश्चिम नेपालको बिपन्न समुदायको बस्तीमा रहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेकी हुन ।
पुनर्वास नगरपालिका ७ बुद्धबस्तीका स्थानीय युवाहरु मानबहादुर तामाङ ,प्रकाश तामाङ र ज्ञान बहादुर तामाङको संयोजनमा सबुले शैक्षिक सामाग्री बितरण गरेकी हुन ।
काठमाडौ घर भएकी सबुले सामाजिक क्षेत्रमा कृयाशिल संस्था 'फेथ होप एण्ड लभ फर नेपाल' लाई आर्थिक सहयोग जुटाए पछि बिपन्न समुदायका बालबालिका हरुको शिक्षा आर्जनमा सघाउन शैक्षिक सामाग्री बितरण गरिएको स्थानिय समाजसेवी युवा प्रकाश तामाङले बताए ।