दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय, सांसदबाट स्वत: निलम्बन
प्रकाशित २०७४ माघ २ मंगलबार
209
Shares
काठमाडौँ । सर्वोच्च अदालतले पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । मनाङबाट प्रदेश सांसद बनेका मनाङे ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले सो सजाय सुनाएको हो ।
सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वत: निलम्बनमा परेको छ । उनलाई पुनरावेदन अदालतले संगठित अपराध गरेको तथा अपहरण गरि बन्धक बनाएका भन्दै ज्यानमार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।
एमाले अध्यक्ष केपी ओली निकट मानिने मनाङेलाई एमालेले मनाङबाट टिकट दिने तयारी गरेको थियो तर जनस्तरबाट ब्यापक बिरोध आएपछि स्वतन्त्रबाट उठ्न लगाउदै आधिकारिक उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न लगाएर मनाङेलाई नै सहयोग गरेको थियो । उनी बिभिन्न अभियोगमा पटक पटक पक्राउ पर्दै आएका ब्यक्ति हुन् ।