समानुपातिक प्रदेशसभा सदस्यको माओवादी केन्द्रले टुङ्यो नाम, शुक्रबार आयोगमा पठाउने
प्रकाशित २०७४ पुष १३ बिहिबार
457
Shares
काठमाडौ। माओवादी केन्द्रले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा आज दिउँसो बसेको पार्टीको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको हो। टुङ्गो लगाइएको नामावली शुक्रबार निर्वाचन आयोगमा पठाउने तयारी गरिएको पार्टी प्रवक्ता पम्पा भूषालले जानकारी दिइन्।
बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको पनि उनले जानकारी दिइन्। रासस