इपिएल क्रिकेटः मंगलबार प्लेअफ पुग्ने सबै टिमको छिनोफानो हुँदै, चितवन र भैरहवा मैदानमा
प्रकाशित २०७४ पुष ११ मंगलबार
576
Shares
काठमाडौं काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग इपिएल क्रकेटमा मंगलबार प्लेअफ पुग्ने टिमको टुंगो लाग्दैछ । अहिलेसम्म विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स प्लेअफमा पुगिसकेका छन् ।
६ टोली सहभागी प्रतियोगितामा काठमाडौं किंस इलाभेन बाहिरिएको छ ।
मंगलबार समुह चरणका अन्तिम दुई खेल हुँदैछन् ।
पहिलो खेलमा चितवन वारियर्स र भैरहवा ग्लाडियटर्स खेलिरहेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनले ६ ओभरमा २२ रन जोड्दा ३ विकेट गुमाइसकेको छ ।
दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर पेट्रियोट्स भिड्दै छन् ।
पोखरा, ललितपुर र चितवनमध्ये दुई टिम प्लेअफमा पुग्नेछन् ।