राष्ट्रिय समृद्धि र एकता आगामी सरकारको प्राथमिकता : महरा
प्रकाशित २०७४ पुष ९ आइतबार
202
Shares
दाङ। माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने बताएका छन्। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङको आयोजनामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्मान कार्यक्रममा उनले सकारात्मक सोचबाट गरिएको सानै कामले पनि समुन्नत समाज निर्माण गर्ने अभियानलाई सार्थक बनाउन मद्दत पुर्याउने विचार व्यक्त गरे।
प्रतिनिधिसभाका उम्मेदवार रहेका बखत सबैबाट आशीर्वाद र सहयोग प्राप्त भई आफूले विजय हासिल गर्न सकेको बताउँदै उनले भने, “विश्वस्तरमा आफ्नो पहिचान बनाउन सफल ब्रह्मकुमारी संस्थाले समाज रुपान्तरणका लागि समाजका हरेक क्षेत्र, वर्ग, पेशा व्यवसायका मानिसलाई निःस्वार्थ रुपले सेवा गरिरहेको हुँदा संस्थाको विकासमा आफू सदैव लागिरहने छु।”
राजयोगिनी ब्रह्मकुमारी गीता दिदीले आहार, विचार र चरित्रमा सुधारको आवश्यकता बोध नगर्दा समाज विखण्डन र दूषित मानसिकताबाट शिकार भइरहेको बताए। रासस