के बादल राष्ट्रपति बन्दैछन् ? माओवादी बैठकमा के भयो कुरा ?
प्रकाशित २०७४ पुष ४ मंगलबार
220
Shares
काठमाडौं । सोमबार बसेको माओवादी केन्द्रको बैठकले सरकार गठन अघि पार्टी एकता गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । समसामयिक घटना क्रममा केन्द्रीत भएर बोलाईएको गरिएको बैठकले नयाँ सरकार गठनमा देखिएको अवरोधबारे छलफल गर्न बसेको माओवादी केन्द्रको बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिईन् ।
राष्ट्रिय राजनीतिमा देखिएको समस्याको बारेमा छलफल गर्न डाकिएको बैठक बीचैमा एकाएक विषयान्तर भएर बादलको राष्ट्रपति चर्चा तिर मोडियो । माओवाद नेता रामबहादुर थापा बादलको पछिल्लो समय राष्ट्रपति बन्नेहरुको सूचीमा नाम समावेश भएपछि उनलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने वा नगर्ने भन्ने विषयमा छलफल सुरु भयो । यसमा अध्यक्ष प्रचण्ड केही पनि बोलेनन् भने स्वयं बादलले पनि प्रतिक्रिया जनाएनन् । एकाएक सुरु भएको चर्चाले एकै क्षणमा साम्य हुने मौका त पायो तर निष्कर्ष विहीन ढंगले ।
यो चर्चामा मौन स्वीकृति जनाएका बादल राष्ट्रपति बन्ने चाहानामा त देखिएका थिए । तर, यसको लागि एमालेसँगको भागवण्डा मिलेको खण्डमा फेरि छलफल गर्नेगरी कुरा विषय टुंगिएको थियो ।
बैठकले राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय भएको भन्दै यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ। शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् । बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ।