बिदामा जानु अघि प्रधानमन्त्रीलाई के भने जापानी राजदूतले
प्रकाशित २०७४ पुष ३ सोमबार
281
Shares
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार भएको सो भेटमा उनिहरुबीच आपसी हितका बारेमा कुराकानी भएको थियो ।
राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।