वीरगन्ज । नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत डा. राकेश झालाई युरोपियन ग्यास्ट्रो इन्टेरोलोजी इडस्कोपी(इ.एस.जी.इ)ले फेलोसिपबाट सम्मानित गरेको छ । विश्वभार प्रति वर्ष पाँच जना इन्डोस्कोपि विभागका चिकित्सकलाई इ.एस.जी.इले प्रदान गर्ने तीन महिने फेलो सिप नेपालमै पहिलो पटक डा.झालाई प्रदान गरिएको हो ।
नारायणी उपक्षेत्रीय अस्पतालको इन्डोस्कोपी विभागका प्रमुख रहेका चिकित्सक झाको कार्य दक्षतालाई उच्च मुल्याङ्कन गरी इ.एस.जी.इले भारतको प्रसिद्ध एसिन इन्सिच्युट अफ ग्यास्ट्रो इन्टेरोलोजी हैद्रवादमा तीन महिनाको फेलोसिप प्रदान गरेको हो ।
एसियामै पेट सम्बन्धी रोगका लागि प्रख्यात रहेको हैद्रवादको उक्त विश्वविद्यालयबाट डा. झालाई इन्डोस्कोपिकै विषयमा विषेश प्रशिक्षण दिइने छ । नारायण उपक्षेत्रीय अस्पतालको इन्स्कोपी विभाग सञ्चालन गर्ने डा. झाले मुलुकमै सबैभन्दा कम शुल्कमा इन्डोस्कोपी सेवा सर्वसाधारणलाई प्रदान गरेको चर्चापरिचर्चा देश तथा विदेशमा चल्न थालेपछि उनलाई यसअघि फेलोसिप ग्रन्डमडुल बेलायतबाट समेत सम्मानित भइसकेका छन् ।
बिरामीको उपचार राम्रो मात्र नभई सस्तोमा गुणस्तरी सेवा प्रदान गर्ने सोचको कारण नै उनलाई देश भित्र तथा विदेश समेतबाट सम्मानित गरिँदै आएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रवक्ता रमेश चौधरीले जानकारी दिनुभयो । उनले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालले मुलकै सबैभन्दा कम शुल्कमा इन्डोस्कोपि सेवा प्रदान गरी रहेको र यसमा डा. झाको ठुलो भुमिका रहेको बताए ।
भारतको प्रसिद्ध हैद्रावाद विश्व विद्यालयबाट तीन महिने विशेष प्याकेज पुरा गरी आएपछि सोको फाइदा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालसँगै आम गरिब तथा निमुखा जनतालाई हुने प्रवक्ता चौधरीले विश्वास व्यक्त गरे । हैद्रावादको सिकाले उपक्षेत्रीय अस्पतालमा उपचारकालागि आउने गरिव विरामीले एसियास्तरकै सेवा डा.झाबाट पाउन प्रवक्ता चौधरीले दावी गरे । डा. झा बेलायतको लिडस विश्वविद्यालयबाट ग्यास्ट्रो इन्टोरोलोजी वारे अध्ययन गरी नेपालमा सेवा दिँदै आएका छन् ।