भोटे गाउँलाई पर्यटकीय क्षेत्र बनाएर फिदिम नगरको आयस्रोत बढाइने
जितेन्द्र भण्डारी
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
349
Shares
पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १२ स्थित भोटे गाउँको च्याङछुक छोलिक गुम्बाको परिसरमा आयोजित एक महिने शेर्पा नृत्य प्रशिक्षण कार्यक्रम बिहिबार बाट शुरु भएको छ ।
फिदिम नगरपालिकाको सहयोग तथा नेपाल शेर्पा संघको आयोजनामा संचालित प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहरुले भोटे गाउँलाई पर्यटकय क्षेत्रको रुपमा विकशित गरेर आन्तारिक तथा बाह्य पर्यटकहरु भित्रयाउन सके नगरपालिकाको आयस्रोत बढ्ने भएको हुँदा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा पर्वद्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै शेर्पा भाषाको भाषा संरक्षण, संर्वद्धनको निम्ति भौतिक पूर्वाधार विकास गर्नुपर्नेमा वक्ताहरुको जोड थियो । कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, नेपाली कांग्रेसका पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु, फिदिम नगरपालिकाका वाणिज्य सल्लाहकार त्रयहरु शुभराज थापा, रमेशभगत प्रधानांग, दिपक नेपाल, फिदिम नगरपालिका वडा नं १२ का अध्यक्ष प्रेम नारायण आचार्य, आदिबासी जनजाती महासंघ पाँचथर जिल्ला अध्यक्ष रिन्जी शेर्पा लगायतले बोलेका थिए ।
नेपाल शेर्पा सघं फिदिमका अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।