arrow

राती १ बजेसम्म मुख्यदलका प्रमुखहरुको स्थिती : ओली बलियो, प्रचण्ड कमजोर !

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
deuba-oli-dahal.jpg

काठमाडौं । प्रतिनिधि सभा तथ प्रदेश सभा सदस्यको निर्वाचन जारी रहेको छ । दोस्रो चरणमा भएको निर्वाचनको पनि धेरै ठाउँमा मतपरिणाम आउनेक्रम जारी छ । तर, मुख्य तीन दलका नेतृत्वकर्ता अध्यक्ष तथा सभापतिहरुको क्षेत्रमा भने मतगणना जारी रहेको छ । 

राती १ बजेसम्मको स्थिती अनुसार प्रतिनिधि सभा तर्फ झापा क्षेत्र नं ५ मा एमालेका तर्फबाट उम्मेदवार बनेका केपी ओली बढी मान्तरका साथ अगाडि छन् भने चितवन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल तुलनात्मक रुपमा थोरै मतान्तरले लगाडि रहेका छन् । झापा छ मा के।पी शर्मा ओलीको २९ हजार १ सय ६५ मत आउँदा काँग्रेस उम्मेदवार खगेन्द्र अधिकारीको १३ हजार ५ सय १८ मत आएको छ ।

त्यस्तै, माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्डको १० हजार ३ सय १२ मत आउँदा राप्रपाका विक्रम पाण्डेको    ७ हजार १ सय ८४ मत आएको छ । त्यस्तै, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको २१ हजार ९ सय ३२ मत आउँदा माओवादीका खग राज भट्टको १५ हजार ८ सय १४ मत आएको छ । यिनीहरुबीचको मतान्तरलाई हिसाव गर्दा केपी ओली धेरै मतान्तरका साथ अगाडि छन् भने त्यसपछि काँग्रेस सभापति देउवा र त्यसपछि माओवादीका अध्यक्ष प्रचण्डको स्थिती बलियो रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ