-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तुलसीपुर, दाङ । प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी भएका छन्।
एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत ल्याएका छन् ।
निर्वाचन कार्यालयले अब केही बेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ। कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।